गाडीको ठक्करबाट स्थानीवासीको मृत्यु भएपछि बिपी राजमार्ग अवरुद्ध
सोमबार, १२ फागुन २०७६, १३ : ३३
सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।
ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् । राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्गहुँदै काठमाडौं र काठमाडौँदेखि अन्यत्र हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मेलो न मेसोका मन्त्री हुने गरेका छन् : प्रधानमन्त्री प्रचण्ड
-
सभामुख र प्रधानमन्त्रीबिच नीति तथा कार्यक्रमबारे छलफल
-
उपेन्द्र यादवद्वारा राजीनामा
-
राजनीतिमा आउलान् अल्लु अर्जुन ?
-
बढ्यो नेपाल टेलिकमको नाफा, ९ महिनामा कमायो ५ अर्ब ५९ करोड
-
सुनकोशी–मरिन डाभईभर्सन : सुरुङ ब्रेकथ्रुपछि के–के काम अझै छन् बाँकी ?