सभामुखलाई भेटेर नेपालका लागि कतारका राजदूतले भने, ‘नेपालको एयरपोर्टदेखि क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न चाहन्छौं’
काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ बीन मोहम्मद अल हायलले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युसुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरे ।
सभामुख सापकोटाले ४२ बर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्ध थप सुुदृढ हुने विश्वास व्यक्त गरे । उनले भ्रमण बर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिवद्धताप्रति धन्यवाद ज्ञापन गरे ।
सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको शुभकामना व्यक्त गरे । उनले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधानका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुुपर्ने बताए ।
भेटमा राजदूत युुसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको बताए । उनले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एयरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको बताए ।
राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताए । उनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण