आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र पश्चिमी क्षेत्र नजिकै बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेको जनाएको छ ।
महाशाखाले मंगलबार मौसम पूर्वानुमानसम्बन्धी सूचना जारी गर्दै देशमा पश्चिमी वायुको प्रभाव परेको जानकारी दिएको हो ।
महाशाखाका अनुसार हाल नेपालका पश्चिमी क्षेत्रहरुमा सामान्य र पूर्ण बदली भएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अन्य क्षेत्रमा आंशिक देखि सामान्य बदली रहेको अवस्था छ ।
यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानले आज दिउँसो देशभरी नै आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण