रवीन्द्र अधिकारीको योगदानलाई स्मरण गरिने
काठमाडौं । यही फागुन १५ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावशान भएको एक वर्ष पुग्दैछ । यस सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उनको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ वार्षिक स्मृति दिवस मनाउने भएको छ ।
प्रतिष्ठानले आज पोखरामा पत्रकार सम्मेलन गरेर सो विषयका बारेमा जानकारी गराएको हो । स्मृति दिवसका अवसरमा फागुन १० गते कलाकारद्वार क्यानभासमा रवीन्द्र अधिकारी कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए ।
यसैगरी देशभरका स्नातक र स्नाकोत्तर तहका विद्यार्थी सहभागी हुने गरी ‘नेपाली राजनीति, युवा र रवीन्द्र अधिकारी’ शीर्षकमा निबन्ध प्रतियोगिता कार्यक्रमसमेत सम्पन्न भएको र विजेताको नामसहित पुरस्कार सोही दिन प्रदान गर्ने जानकारी दिए । सो अवसरमा पोखराको शहीद तथा विभूति पार्कमा रवीन्द्र अधिकारीको पूर्णकदको सालिकको अनावरण गर्ने कार्यक्रमसमेत तय भएको छ ।
कार्यक्रममा प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तित्वले रवीन्द्र अधिकारीका बारेमा सम्बोधन गर्न कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । फागुन १६ गते ‘समाजमा रुपान्तरणमा रवीन्द्र अधिकारी’ विषयक कार्यशाला गोष्ठीकोसमेत आयोजना गरिएको छ ।
रवीन्द्र पत्नी एवं प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले प्रतिष्ठानले राजनीतिभन्दा माथि रहेर रवीन्द्रलाई सम्झन चाहने सबैको साझा संस्थाका रुपमा रहको बताए । उनले भने, ‘यो दुःखद् समयको एक वर्ष पुग्यो, शोकलाई शक्तिमा बदलेर हामी उहाँलाई स्मरण गर्दैछौँ’, प्रतिष्ठानले रवीन्द्र अधिकारीले समाजमा पु¥याएको योगदानलाई चिरस्थायी बनाउने र उनले अवलम्बन गरेका विचार सिद्धान्तलाई स्थापित गर्दै जीवन्त राख्न सक्रिय रहने बताए ।
रवीन्द्र अधिकारीको सकारात्मक र अविस्मरणीय कार्यलाई चिरस्थायी बनाउन गत जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त गैरनाफामूलक संस्थाका रुपमा प्रतिष्ठानको गठन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण