सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
सारांश
- साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १३.९५ अङ्कको गिरावट आएको छ ।
- आज कुल ३४६ कम्पनीका १ करोड १३ लाख ५४ हजार ७१२ कित्ता सेयर खरिदबिक्री भएका छन्, जसबाट कुल ५ अर्ब १८ करोड २९ लाख २९ हजार १५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
- आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्यमा गिरावट आएको छ ।
काठमाडौँ । साताको तेस्राे कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ओरालो लागेको छ । आज नेप्से परिसूचक १३.९५ अङ्कले घटेर २७१२.५४ विन्दुमा ओर्लिएको छ ।
आज बजारमा कुल ३४६ कम्पनीका १ करोड १३ लाख ५४ हजार ७१२ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसबाट कुल ५ अर्ब १८ करोड २९ लाख २९ हजार १५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरूमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको बजारमा एभरेस्ट कलरको सेयर मूल्यमा १४.९९ प्रतिशतको उछाल आएको छ । त्यस्तै, बुंगल हाइड्रोपावरको मूल्य १०.५० प्रतिशतले बढेको छ । अन्य धेरै कमाउने कम्पनीहरूमा सालपा विकास बैंक, पियोर इनर्जी र श्रीनगर एग्रोटेक रहेका छन् ।
समूहगत रूपमा आज फाइनान्स र म्यानुफ्याक्चरिङ बाहेक सबै समूहका सूचक घटेका छन् । ट्रेडिङ समूह २.६० प्रतिशतले घट्दा ननलाइफ इन्स्योरेन्स १.२६ प्रतिशतले घटेको छ । अरू समूहमा एक प्रतिशत भन्दा कम गिरावट भएको छ।
कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ४२ करोड २६ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, एनआरएन इन्फास्ट्रक्चरको २८ करोड १० लाख र रिलायन्स स्पिनिङ मिल्सको २६ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत र नेशनल हाइड्रोपावर पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण