नयाँ मिस नेपालको खोजी सुरु
मङ्गलबार, १३ फागुन २०७६, १३ : १८

काठमाडौं । नयाँ मिस नेपाल खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले ‘मिस नेपाल २०२०’को लागि आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो ।
निःशुल्क फर्म भर्न सक्ने ब्यवस्था सहित खुल्ला भएको मिस नेपालको आवेदन इच्छुकले २७ मार्चसम्म भर्न सक्नेछन् । आवेदन फर्म हिडन ट्रेजरको कार्यलय तथा मिस नेपाल वेभसाइटबाट समेत सिधै भर्न सकिनेछ ।
काठमाडौं सहित धनगडी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, विरगन्ज, धरान, विर्तामोड लगायत देशको बिभिन्न ९ शहरमा छनौट चरणको अडिसन हुने प्रतियोगितामा १९ वर्षदेखि २६ वर्षसम्मका, ५.४ इन्च हाइट भएका अबिवाहित नेपाली युवतीले माात्र सहभागीता जनाउन सक्नेछन् ।
मिस नेपाल २०२० को घोषणा मे १५ हुने आयोजक संस्था हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान संघर्ष, चीनका लागि कसरी अवसर बन्दै थियो ?
-
भारत र पाकिस्तानबिचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिकै आधारमा भएको दाबी
-
भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति
-
उपनिवेश विरुद्ध सँगै लडेका गरेका भारत र पाकिस्तान जुध्नु हुँदैन
-
भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति
-
भारतले भन्यो– अब कुनै स्थल र हवाई आक्रमण हुँदैन