नयाँ मिस नेपालको खोजी सुरु
मङ्गलबार, १३ फागुन २०७६, १३ : १८
काठमाडौं । नयाँ मिस नेपाल खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले ‘मिस नेपाल २०२०’को लागि आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो ।
निःशुल्क फर्म भर्न सक्ने ब्यवस्था सहित खुल्ला भएको मिस नेपालको आवेदन इच्छुकले २७ मार्चसम्म भर्न सक्नेछन् । आवेदन फर्म हिडन ट्रेजरको कार्यलय तथा मिस नेपाल वेभसाइटबाट समेत सिधै भर्न सकिनेछ ।
काठमाडौं सहित धनगडी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, विरगन्ज, धरान, विर्तामोड लगायत देशको बिभिन्न ९ शहरमा छनौट चरणको अडिसन हुने प्रतियोगितामा १९ वर्षदेखि २६ वर्षसम्मका, ५.४ इन्च हाइट भएका अबिवाहित नेपाली युवतीले माात्र सहभागीता जनाउन सक्नेछन् ।
मिस नेपाल २०२० को घोषणा मे १५ हुने आयोजक संस्था हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण