चार महिनादेखि दुबईको अस्पतालमा अलपत्र यमकुमारी अन्ततः नेपाल आइपुगिन्
बुधबार, १४ फागुन २०७६, १२ : ४३
युएई । मानसिक सन्तुलन गुमाएर दुबईको अस्पतालमा अलपत्र परेकी गोरखा ८, फिनामकी यमकुमारी थापा नेपाल फर्केकी छन् ।
उनी बुधबार नेपाल एअरलाईन्सको उडानबाट नेपाल फर्केकी हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीमान लालबहादुर थापा, छोराहरु सन्तोष, दिनेश, छोरी सिर्जना थापा, ज्वाई रोशन राना र भाइ अतुल थापाले स्वागत गरेका थिए ।
विगत चार महिनादेखि मानसिक सन्तुलन गुमाएर दुबईको रसिद अस्पतालमा उपचार गराईरहेकी यमकुमारीको बारेमा विभिन्न संचारमाध्यम तथा सोसल मिडियामा समाचार प्रकाशित भएपछि युएईमा भएका सामजिक संघसंस्थाहरुले उद्दारका लागि अपिल गरेका थिए ।
नेपाली दुतावास आबुधावीको विशेष सहयोगमा गोरखा समाज युएईले हवाई टिकट उपलब्ध गराई यमकुमारीलाई नेपाल फर्काइएको हो ।
यो पनि..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
