अख्तियारद्वारा रुपन्देहीमा दुई स्ट्रिङ अपेशन: वडा अध्यक्षदेखि उच्च उदालतका कर्मचारीसम्म पक्राउ
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले रुपन्देहीमा आज दुईवटा स्ट्रिङ अप्रेशन गरेको छ । सोही अप्रेशनबाट रुपन्देहीमा अलग–अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसाल रातोपाटीलाई जानकारी दिए । चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन् ।
त्यसैगरी, उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेका छन् । बन्दीप्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा आज दिउँसो यादव पक्राउ परेका हुन् । पक्राउ परेका दुवैजनालाई अहिले बुटवल कार्यालयमा बयान लिने क्रम चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण