नयाँदिल्लीका हिंसा पीडित परिवारलाई राहत उपलव्ध गराउने केजरीवालको निर्णय
नयाँदिल्ली । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका हिंसापीडित व्यक्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । उपमुख्यमन्त्री मनिश सिसोदिया, मन्त्री कैलाश गहलोट र बरिष्ठ अधिकारीहरु सम्मिलित बैठकले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
यसअघि नै मुख्यमन्त्री केजरीवालले दिल्ली हिंसामा मारिएका प्रहरी रत्तनलालको परिवारलाई एक करोड भारतीय रुपैयाँका साथै परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरिसकेका छन् । रत्तनलालको उत्तरपूर्वी दिल्लीमा भएको हिन्दु–मुस्लिम दङ्गाका क्रममा ज्यान गएको थियो ।
बुधबार मुख्यमन्त्री र उपमुख्यमन्त्री दुबैले हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीको भ्रमण गरेका थिए । उनीहरुले स्थानीय मानिससँग भेटघाट गरी शान्ति कायम राख्न आग्रह गरेका थिए । दिल्ली हिंसाका क्रममा प्रहरी सहित कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै झण्डै २०० जना घाइते भएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण