चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा
शुक्रबार, १६ फागुन २०७६, ०७ : ०७
चक्रपथ सुधारको दोस्रो चरणको आयोजनाअन्तर्गत कलंकीदेखि चावहित–धोवीखोलासम्मको सडक विस्तारका लागि साइट खाली गराउन रुख काट्ने काम सकिएको छ ।
सडक विस्तारका लागि २ हजार बढी रुख कटान भएको छ । कलंकीदेखि नयाँ वषपार्कसम्म बिजुलीको पोल हटाउने कामसमेत सकिएको छ भने बाँकी भागमा तार भूमीगत गर्ने काम भइरहेको छ ।
चक्रपथ सुधार आयोजना प्रमुख अमृतमणि रिमालले वैशाखसम्म साइट खाली गरेर निर्माण अघि बढाउने गरी काम भइरहेको बताए ।
साइटअन्तर्गतका संरचना खाली भएपछि मात्र चिनियाँ निर्माण कम्पनीले चक्रपथ विस्तारको दोस्रो चरणको काम थाल्नेछ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित ८ कार्यसूची
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन
-
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर