चीनले आफ्नो सैन्य विमानमाथि लेजर प्रहार गरेको अमेरिकाको आरोप
चीनको सैन्य युद्धपोतबाट आफ्नो पी–८ सर्भेलेन्स विमानमाथि सैन्य ग्रेडको लेजर प्रहार भएको अमेरिकी जलसेनाले बिहीबार एक वक्तव्य जारी गर्दै आरोप लगाएको छ । गत हप्ता भएको यस घटनालाई अमेरिकी जलसेनाले ‘असुरक्षीत र अव्यवसायिक’ भएको संज्ञा दिएको छ ।
‘जनगणतन्त्र चीनको नेभी डिस्ट्रोयरको हर्कत असुरक्षीत र अव्यवसायिक थियो,’ अमेरिकी जल सेनाले बिहीबार आफ्नो वक्तव्यमा भनेको छ । ‘सैन्य ग्रेडको लेजरले चालक दल र विमान र विमानको सिस्टममा असर पु¥याउन सक्छ,’ विज्ञप्तिमा थप भनिएको छ ।
ड्याजलर्स भनेर चिनिने सैन्य ग्रेडको लेजर बिमले शक्तिशाली प्रकाशको सृजना गर्छ जुन लामो दुरीसम्म यात्रा गर्न सक्छ । यसले विमानको ककपिटलाई उज्यालो बनाएर पाइलटलाई केही बेर ‘दृष्टिविहीन’ बनाइदिन सक्छ ।
यस विषयमा अमेरिकाले औपचारिक कुटनीतिक विरोध ‘डिमार्के’ पनि जारी हुन सक्ने रक्षा मन्त्रालय स्रोतले सीएनएनलाई जनाएको छ ।
सन् २०१८ मा जिवुटीमा अमेरिकी सी–१३०जे विमानमा यस्तै घटना हुँदा पनि अमेरिकाले कुटनीतिक विरोध जनाएको थियो ।
साउथ चाइना सीमा अमेरिका र चीनबीच लामो समयदेखि तनाव चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण