कर्णालीबाट २६ सयले लिए पुनः श्रम स्वीकृति
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । विसं २०७५ माघमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको हो ।
कार्यालयबाट पुनः श्रम स्वीकृति मात्र प्रदान गरिन्छ । पहिलोपटक श्रम स्वीकृति लिन भने काठमाडौं पुग्नुपर्ने बाध्यता छ । कार्यालयका सूचना अधिकारी श्यामकृष्ण आचार्यका अनुसार कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर साउदी अरेबिया, कतार, मलेसिया र युएईमा बढी जाने गरेको पाइएको छ ।
यसैबीच, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा कर्णाली प्रदेशबाट न्यून मात्रामा रोजगारदाता कम्पनीमा दर्ता भएका छन् । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको दुई वर्ष बित्न लाग्दा १२१ रोजगारदाता कम्पनी दर्ता भएका हुन् ।
कोषमा योगदान गर्ने श्रमिकको संख्या भने १७२ रहेको छ । सरकारले दुई वर्ष अघि श्रमिकलाई अवकाश हुँदा पेन्सन, उपदान र उपचार सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषको स्थापना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण