भक्तपुरबाट विप्लवका दुई कार्यकर्ता पक्राउ
भक्तपुर : प्रहरीले सरकारद्वारा प्रतिवन्धित नेकपाका दुई कार्यकर्तालाई भक्तपुरबाट पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई पूर्व जिल्ला सेक्रेटरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
गिरीका अनुसार भक्तपुरस्थित विभिन्न स्थानमा शङ्कास्पद गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा ३१ वर्षीय कुशल बोगटी र ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको हो ।
कालिकोटको रुक्सा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–७ निकोसेरा बस्दै आएका बोगटी प्रतिवन्धित नेकपाका पूर्व जिल्ला सेक्रेटरी रहेको प्रहरीको भनाइ छ ।
यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगार घर भई भक्तपुरकै मध्यपुर ठिमी–२ बस्ने पुन पनि पूर्व जिल्ला सेक्रेटरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फागुन १५ गते पक्राउ गरिएका उनीहरुलाई मुलुकी फौजदारी अपराधसंहित २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण