अभिभावक नफर्किंदा परीक्षा प्रभावित
चिसो छल्न बेंसी झरेका अभिभावक हिमपातका कारण लेक फर्किन समय लाग्ने भएपछि यहाँका विद्यार्थीको वार्षिक परीक्षा नै प्रभावित हुने खतरा बढेको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङका विद्यार्थीको परीक्षा पछिल्लो पटक भएको हिमपातले प्रभावित हुने खतरा बढेको हो । हिउँदमा बेंसी झर्ने र बर्खामा लेक (घर) फर्कने बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ माथिल्लो क्षेत्रका स्थानीयको वार्षिक तालिका नै हो ।
सोहीअनुसार फागुनको तेस्रो साता शुरु हुँदा बेंसी झरेका बोवाङवासी लेक फर्केका छैनन् । चिसो बढेपछि स्थानीयवासी पशुचौपया लिएर बेंसी झर्छन् । हिउँदेबाली बेंसीमै लगाउन छन् । गर्मी महिनाको शुरुआतसँगै साविक बोवाङ गाविस वडा नं ६, ७, ८ र ९ का स्थानीय पुनःबर्खे खेती लगाउन लेक जान्छन् ।
जाडोको समयमा अभिभावक बेंसी झरे विद्यालय उमेर समूहका बालबालिका भने अध्ययनका लागि जाडो खेपेरै भए घरमा बस्न बाध्य हुन्छन् । यही साता परेको बाक्लो हिउँले ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति आधारभूत विद्यालयको पठनपाठन प्रभावित छ । बस्तीदेखि विद्यालयसम्म डेढ फिटसम्म बाक्लो हिउँ जमेका कारण बालबालिका विद्यालय आउन सकेका छैनन् । “चिसोमा आफँै पकाएर खाने विद्यार्थी विद्यालय आउन सकेका छैनन्”, ज्योति आधारभूत विद्यालयका प्रधानध्यापक टकबहादुर अदैले भने, “अभिभावक साथमा नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।”
प्रधानध्यापक अदैका अनुसार बाक्लो हिउँका कारण अभिभावक घर फर्कंन सकेका छैनन् । अभिभावक घर नआउँदा सानासाना विद्यार्थी फागुन २७ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी नहुने खतरा बढेको प्रधानाध्यापक अदैको भनाइ छ । “यो जाडोमा विद्यार्थीलाई खाना पकाएर खान मुश्किल छ कसरी विद्यालय आउन सक्छन्”, उनले भने, “सम्पर्क भएका अभिभावकलाई घर फर्कन अनुरोध गरेका छौँ, कति सफल हुन्छ हेर्न बाँकी छ ।”
फागुन महिनामा मात्रै ढोरपाटनमा तीनपटक हिमपात भएको छ । विद्यालयले पुस १५ गतेदेखि फागुन ३ गतेसम्म वर्षे बिदा दिएको थियो । अन्य विद्यालयले वर्षे बिदा दिँदा सो विद्यालयले भने जाडो बिदा दिँदै आएको छ । जाडोयाम शुरु भएसँगै त्यहाँका स्थानीय जाडो छल्न बोबाङ, अधिकारीचौरलगायतका स्थानमा घुम्ती बसाइँ सर्ने गर्दछन् । बाक्लो परेको हिउँ पग्लिन समय लाग्ने भएकाले विद्यालयले लिने वार्षिक परीक्षा शुरु हुनेबेलासम्म हिउँ पग्लिने सम्भावना कम छ । अभिभावक गाउँ नफर्केसम्म विद्यार्थी नियमित विद्यालय पुग्ने सम्भावनासमेत कम रहेको प्रधानाध्यापक अदैले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण