एउटा एउटाको पछि लागे भद्रगोल हुन्छ ः रक्षामन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारमा पेशागत दक्षता आवश्यक रहेको बताएका छन् ।
प्रेस सङ्गठन प्रदेश नं १ ले आज इटहरीमा आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पत्रकारले पार्टीको काम र पत्रकारिता पेशालाई बराबरीरूपमा अगाडि बढाउनुपर्ने बताए ।
सरकार परिवर्तन भएको मात्र नभएर प्रणाली नै परिवर्तन भएकाले सरकारले निर्माणको कामलाई अघि बढाएको उपप्रधानमन्त्री पोखरेलले बताए ।
“कृषिलाई व्यावसायीकरण र आधुनिकीकरण गर्ने काम गरेका छौँ, औद्योगिक क्षेत्रको निर्माणलाई प्रोत्साहन र ऊर्जा विकासको काम प्रारम्भ गरेका छौँ, हामी विकासका लागि योजनाबद्धरूपमा अघि बढिरहेका छौँ”, उनले भने ।
सरकारले पनि पार्टीको घोषित नीति र घोषणापत्रको कार्यान्वयनमा पहल गर्ने हो भन्दै उनले एउटा एउटाको पछि लागेर सरकारले कुरा गर्न थाल्यो भने भद्रगोलको स्थिति हुनेछ भने ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्र्ज भीम आचार्यले जनतालाई सही सूचना पु¥याउने काममा पत्रकारले जोड दिनुपर्ने बताए ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले उल्लेख्य काम गरेको बताए ।
कार्यक्रममा नेकपा प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्र्य थापा, नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रेस सङ्गठन केन्द्रीय अध्यक्ष महेश्वर दाहाल, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थि प्रेस सङ्गठन प्रदेश नं १ का संयोजक राजन केडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले सात बुँदे इटहरी घोषणापत्र जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण