प्रदेश नं १ मा बालबालिका अधिकारसम्बन्धी विधेयक पारित
मोरङ । ‘प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सो प्रस्ताव सदनमा पेश गरेका थिए ।
विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य कुलप्रसाद साँवाले विधेयकले बालगृह तथा बालआश्रमको विषयमा पनि बोल्नुपर्ने भन्दै विद्यालय तहमा पोषण कार्यक्रम सञ्चालन गर्न विधेयकमा व्यवस्था हुनुपर्ने माग गरे । सदस्य जयराम यादवले विधेयक अत्यन्त राम्रो रहेको र यसबाट बालबालिका लाभान्वित हुने विश्वास व्यक्त गरे । अर्का सदस्य शान्ता पौडेलले तीन वर्षमुनिका बालबालिकालाई पौष्टिक आहारको व्यवस्था भएमा लक्षित वर्ग लाभान्वित हुने बताए ।
यसअघि बैठकको शून्य समयमा सांसदहरुले नोबेल कोभिड–१९ भाइरसबाट आम नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले पूर्वतयारी गर्न तथा विभिन्न सडकको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही फागुन २२ गते अपराह्न १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक : उपाध्यक्ष पाण्डे
-
राम्रा योजनालाई निरन्तरता दिन्छौँ : मुख्यमन्त्री महरा
-
झिनो अंकले नेप्से सूचक बृद्धि, ४ अर्ब २३ करोड माथिको कारोबार
-
बजारमा माग बढेपछि जुनेलो र फापर खेती गर्दै किसान
-
अरहान्त, अमिर, बिपना र स्वस्थानी राष्ट्रिय र्याङ्किङ स्क्वासको फाइनलमा
-
शर्मा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय