प्रदेश नं १ मा बालबालिका अधिकारसम्बन्धी विधेयक पारित
मोरङ । ‘प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सो प्रस्ताव सदनमा पेश गरेका थिए ।
विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य कुलप्रसाद साँवाले विधेयकले बालगृह तथा बालआश्रमको विषयमा पनि बोल्नुपर्ने भन्दै विद्यालय तहमा पोषण कार्यक्रम सञ्चालन गर्न विधेयकमा व्यवस्था हुनुपर्ने माग गरे । सदस्य जयराम यादवले विधेयक अत्यन्त राम्रो रहेको र यसबाट बालबालिका लाभान्वित हुने विश्वास व्यक्त गरे । अर्का सदस्य शान्ता पौडेलले तीन वर्षमुनिका बालबालिकालाई पौष्टिक आहारको व्यवस्था भएमा लक्षित वर्ग लाभान्वित हुने बताए ।
यसअघि बैठकको शून्य समयमा सांसदहरुले नोबेल कोभिड–१९ भाइरसबाट आम नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले पूर्वतयारी गर्न तथा विभिन्न सडकको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही फागुन २२ गते अपराह्न १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण