चीनबाट फर्काइएका १८ जनाको टोलीले पूरा गर्यो क्वारेन्टाइन बसाइ
भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी आज घर फर्किएको छ ।
नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको जहाजका चालकसहित १८ जनाको शनिबार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५ औँ दिनमा आज अपराह्न ४ः३० बजे घर फर्काइएको हो ।
उनीहरुलाई नेपाल वायु सेवा निगमका कर्मचारीसमेत लिन आएका थिए । त्यहाँ रहेका १८ जनालाई आज बिदाइ गरी घर फर्काइएको सुरक्षाको नेतृत्व गरिरहेको नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिए । उनले क्वारेनटाइन राख्न हुँदैन भन्दै विरोध गर्ने स्थानीय बासिन्दा आज भने यही आएर बिदाइ गरेको जानकारी दिए ।
यसअघि यही फागुन ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोश्रो पटक क्वारेन्टाइन बसेको १४ औँ दिनमा शनिबार स्वाब नमूना सङ्कलन गरिएको थियो ।
यता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जनाको भने अझै रिपोर्ट आएको छैन । शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको छ । उनीहरुको रिपोर्ट सोमबारसम्म आउनसक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
धेरै जनाको स्वाब नमूना एकै पटक परीक्षण गर्नुपर्ने भएकाले समय लाग्ने र सबैको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको आयो भने मात्रै घर फर्काइने भएको हो । मन्त्रालयका अनुसार १७५ जनामध्ये एक जनामा मात्रै कोरोना सङ्क्रमणको लक्षण देखियो भने पनि सबैलाई फेरि अर्को १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ ।
खरिपाटी क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा रहेका नेपाली सेनाका क्याप्टेन डा निवन फुयाँलले अहिलेसम्म क्वारेन्टाइनमा रहेका कसैमा पनि ज्वरो आउने, रुघा लाग्नेजस्ता कुनै लक्षण नदेखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण