सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना महामारी फैलिए स्वास्थ्य संकटकाल

सोमबार, १९ फागुन २०७६, ०७ : ०८
सोमबार, १९ फागुन २०७६

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिएका छन् । 

आफूले उक्त मन्त्रालयले जिम्मेवारी सम्हालेको १०० औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो संकेत गरेका हुन् । 

सरकारले सरकारी र निजी अस्पताललाई समेत कोरोनाबाट बच्न पूर्वतयारीका साथ रहन आह्वान गरी २ महिनादेखि ४३ बेड आइसुलेसन ठीक अवस्थामा राखेको छ । 

यसबाट बच्न सीमा सुरक्षामा समेत विशेष ध्यान दिनुपरेकोले एयरपोर्टमा स्वास्थ्य परीक्षण डेस्क खडा गरी जनशक्ति बढाइएकाले अब जहाज चढ्नअघि र जहाजबाट उत्रिएपछि स्वास्थ्य परीक्षण गर्ने वातावरण मिलाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप