कोरोनाभाइरस संक्रमणको आशंकामा चार जना आइसोलेसन वार्डमा
काठमाडौं : कोरोनाभाइरसको संक्रमणको आशंकामा चार जनालाई आइसोलेसन वार्डमा राखिएको छ । विदेशबाट फर्किएका चार जनालाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना गरिएको हो ।
अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले दक्षिण कोरियाबाट फर्किएका ३ जना र चीनबाट स्वदेश फिर्ता भएका एक जनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
भाइरस संक्रमण प्रभावित देशहरु दक्षिण कोरिया र चीनबाट फर्केका नेपाली हरुमा रुघाखोकीका लक्षणहरु देखिएपछि अस्पताल आएका र उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।
चीन र कोरियाबाट फर्किएलगत्तै ज्वरो आएपछि उनीहरु स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए । हालसम्म ती दुई देशबाट आएका २३ जनालाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।
आइतबार दिउँसो ३ बजेसम्म दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेका थिए ।
उनीहरुको स्वास्थ्य परीक्षणपछि नमुना संकलन गरेर ल्याबमा पठाएकाले आज रिर्पोट आउने बास्तोलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण