मौसम पूर्वानुमानः आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
सोमबार, १९ फागुन २०७६, ०८ : २०
मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाले देशको पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
सोमबार महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार दिउँसो देशको पूर्वी भू–भागमा आंशिक र सामान्य बदली हुने साथै मध्य र पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ ।
पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको पनि पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, रातिमा भने देशको पूर्वी क्षेत्रमा आंशिक र सामान्य बदली हुने र मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली हुनेछ । साथै, पूर्व पहाडी क्षेत्रमा र एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण