शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङले ल्यायो नेपाली बजारमा ‘ग्यालेक्सी एस २०’ र ‘एस२० प्लस’:  अग्रिम बुकिङ्ग गर्नेलाई आकर्षक गिफ्ट ह्याम्पर (भिडियो सहित)

सोमबार, १९ फागुन २०७६, १४ : १९
सोमबार, १९ फागुन २०७६

काठमाडौं । उत्कृष्ट इलेक्ट्रोनिक्स् तथा स्मार्टफोन ब्राण्ड सामसङले नेपाली बजारमा एस सीरिजजका दुई विशिष्ट स्मार्ट फोन ल्याएको छ । कम्पनीले सामसङ् फ्यागसिप डिभाइस अन्तरगतको दुईवटा मोडल ग्यालेक्सी एस–२० र एस–२० प्लस बजारमा ल्याएको हो ।

सोमबार राजधानीमा एक समारोहको आयोजना गर्दै कम्पनीले उक्त दुई स्मार्ट फोन नेपाली बजारमा उपलब्ध रहेको र फोनको अग्रिम बुकिङ्ग समेत खुल्ला गरिसकेको घोषणा गरेको छ । कार्यक्रममार्फत कम्पनीले उक्त स्मार्टफोन किन्न चाहने ग्राहकले अग्रिम बुकिङ्ग गर्दा आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्न सक्ने जनाएको छ । 

सामसङ एस– २० र एस–२० प्लस अग्रिम अर्डर गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभी रु ५ हजार ९ सय ९९ मा नै खरिद गर्ने अवसर पाउनेछन् भने ग्यालेक्सी एस–२० अग्रिम अर्डर गर्नेले २ हजार ९ सय ९९ थप गरी ग्यालेक्सी बड्स प्लस वा ३२ इन्चको सामसङ टिभी ८ हजार ९ सय ९९ मा नै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

साथै अग्रिम अर्डर गर्ने एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत टर्कीस एयरलाइन्सको तर्फबाट दुईतर्फी बिजनेस क्लासको टिकट प्राप्त गर्न सक्नेछन् । भने, ‘ग्यालेक्सी वाच एक्टिभ २, केजीएच ग्रुपको वाटर फ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटलमा दई रात बसाईका साथै लेट मि इनको तर्फबाट ५ हजार बराबरको कुपन समेत प्राप्त गर्ने कम्पनीले जानकारी गराएको छ ।’

सामसङ एस २० को विशेषताः

सामसङ् ग्यालेक्सी एस २० सीरिज उत्कृष्ट क्यामेरा जडित विश्वकै पहिलो स्मार्ट फोन हो । जसले उच्चस्तरीय फोटो एवम् भिडियो सम्पादन गर्न सकिन्छ भने, ‘यस फोनको फोटो खिच्ने र तरिका आफ्नै किसिमको छ । कम्पनीले सामसङ ग्यालेक्सि एस२० सीरिजलाई भिडियो र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ ।’

सामसङ एस२० सीरिज सार्वजनिक गर्दै कम्पनीका बिजनेस हेड प्रणय स्थापितले एस २० को फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको बताएका छन् । जसमा ए आई तथा सामसङको वृहत् इमेज सेन्सरसहितको ६४ मेगापिक्सलको क्यामरा राखिएको छ भने दुबै फोनमा ३० एक्स सम्मको जुम प्रदान गरिएको छ प्रयोगकर्ताले सो फोनबाट विभिन्न फर्म्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सक्नेछन्। जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनःखिच्न आवश्यक हुँदैन। साथै यो स्मार्टफोनबाट ८ के भिडियो रेकडिङ्ग गर्न सकिने क्षमताको रहेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीले ग्यालेक्सी एस २० को बजार मूल्य एक लाख ७ हजार ४ सय ९९ (रु १,०७,४९९) र ग्यालेक्सी एस–२० प्लसको एक लाख १९ हजार ४ सय ९९ (रु १,१९,४९९) रुपैयाँ तोकेको छ ।  फागुन १४ गतेदेखि अग्रिम बुकिङ्ग खुल्ला गरेको कम्पनीले फागुन ३० गते उक्त स्मार्ट फोनहरु बजारमा उपलब्ध गराउने जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप