कोरोनाको कहर : सुनसान लेकसाइड (फोटो फिचर)
पोखरा । पर्यटकीय नगरी पोखरा यतिबेला सुनसान छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सधैँ पर्यटकको चहलपहल बढी रहने लेकसाइड यतिबेला सुनसान बनेको हो ।
प्रतिवर्ष डेढ लाखको हाराहारीमा आउने चिनिया पर्यटकको आवागमन पोखरामा ठप्प छ । सिजनमा ३५ देखि ४० प्रतिशतको हाराहारीमा बुकिङ रहने होटलहरु यतिबेला खाली छन् ।
भएका बुकिङहरु पनि रद्द भएको पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनले बताए ।
पर्यटकहरुको आवागमन ठप्प हुँदा पोखरेली पर्यटन व्यवसायीहरु यतिबेला मारमा परेका छन् । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना बोकेर नेपाल सरकारले सुरुआत गरेको ‘भिजिट नेपाल २०२०’ पनि आइतबार साँझ बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले स्थगित गरेको छ ।
४५ भन्दा बढी मुलुकमा देखिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुनसक्ने आशंका गरिएको छ ।
हेरौँ लेक साइडका केही तस्बिरहरु :-














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण