औपचारिक रुपमा होली पर्व सुरु, तस्विर/ भिडियो मा हेर्नुहोस्
चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु हुने फागु पर्व वसन्तपुर अगाडि विधिवत रुपमा आज चिर उठाएपछि सुरु भएको मानिन्छ।
बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो।
यही फागुन २६ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर पर्व मनाइनेछ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट फागु पर्व मनाइने गरिन्छ।

प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ।
अन्ततः सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागु पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास छ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण