अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न्: मुख्यमन्त्री पौडेल
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले सम्पदाको संरक्षण र संवद्र्धन गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने बताएका छन् । चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षण सम्बन्धी बारा र मकवानपुरका प्रतिनिधिसंग आज भएको छलफलमा उनले एसियाकै पहिलो सो सुरुङमार्ग संरक्षणमा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिए । ‘यस्तो अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न, एसियामा कहीँ कतै यस्ता मार्ग नबन्दा हाम्रा पूर्वजहरुले बनाउन सक्नु आफैंमा गर्वको कुरा हो’, पौडेलले भने ।
प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममा सो सुरुङमार्ग र फर्पिङको चन्द्रज्योति जलविद्युत्को पुनर्निर्माण र संरक्षण गर्ने उल्लेख गरिएको थियो । उनले सुरुङमार्गको पुनर्निर्माण र यातायात म्युजियमको निर्माण तथा मनोरम उद्यान समेत बनाउने जानकारी दिए ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सुरुङ मार्ग पुनर्निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार भइ आगामी नयाँवर्षदेखि पुनर्निर्माण शुरु गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण