बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हिमालय एअरलाइन्सले थप्यो नयाँ जहाज, कहाँ कहाँ गर्दैछ उडान ?

मङ्गलबार, २० फागुन २०७६, १५ : ४५
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं– नेपालको निजी अन्तर्राष्ट्रिय एअरलाइन्स हिमालय एअरलाइन्सले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर नयाँ ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ । 

क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएका छन् । धेरै पखाईमा रहेको नयाँ विमान एमएसएन ९०२०, दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भएको हो ।

यो नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्ससँग तिन एअरबस ए३२०–२१४ र एक एअरबस ए३१९–११५ गरी चारवटा विमान हुने भएका छन् । हालै समावेश गरिएको एअरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जसले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ । 

कुल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको विमानमा नयाँ र कुशल इन्जीन क्षमता रहेको छ जुन १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम छ । हालै समावेश गरिएको यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउँदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्ने जनाएको छ ।

हिमालय एअरलाइन्सले मध्यपूर्वी मुलुकहरुमा आफ्नो उपस्थिति बढाउँदै छ । नयाँ विमान ए ३१९ थप गरेसँगै एअरलाइन्सको मध्यपूर्वी मुलुक र चीनमा आफ्नो बजार विस्तार गर्ने योजना छ । 

एअरलाइन्सका अध्यक्ष झोउ इन्योङले सन् २०२० मा हिमालय एअरलाइन्स्को सञ्जाल विस्तार र नयाँ रुटहरु सञ्चालन गर्ने एअरलाइन्सको रणनीति अनुरुप नेपालमा नयाँ विमान ल्याएको बताए । उनले भने, ‘उच्च आधुनिक प्रविधियुक्त विमानसँगै उच्च तहको सुरक्षा सुनिश्चित गर्दै हाम्रा मूल्यवान यात्रुहरुलाई सुरक्षित र सुविधासम्पन्न यात्राको हामी प्रतिबद्धता गर्दछौं ।

नयाँ विमानको प्रवेशसँगै हामीले हिमालय एअरलाइन्सको विकासमा निरन्तरता दिदैं देश र यस क्षेत्रकै उत्कृष्ट एअरलाइन्सको रुपमा स्थापित गरेर नयाँ उचाईमा पु¥याउने परिकल्पना गरेका छौं । हाम्रो विमान थप गर्ने योजना अन्तर्गत सन् २०२१ सम्म ए३१९ का दुईवटा विमान थप गरिनेछ ।’

प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हिमालय एअरलाइन्समा ए३१९ को प्रवेश संस्थाको विमान थप गर्ने योजनामा एउटा कोसेढुंगा हो । हिमालय एअरलाइन्स परिवारकालागी यो एउटा गर्वको कुरा हो । ‘क्षेत्रिय समृद्धिका लागि हवाई सञ्जाल विस्तार’ भन्ने प्रमुख सिद्धान्तलाई यो कदमले थप बल प्रदान गरेको छ । हालै भई राखेको उडान सञ्जालमा थप सेवा, सरल उडान सञ्जाल तथा नयाँ गन्तव्यहरुमा वृद्धि जस्ता हिमालय एअरलाइन्सको उल्लेखनीय उपलब्धीहरुका निम्ति सन् २०२० साक्षी बन्नेछ ।

यो कदमले तिब्बत र चीनको एकदमै महत्वपूर्ण गन्तव्य क्षेत्रहरुको उडानमा वृद्धि हुनेछ र यस क्षेत्रमा व्यापारिक, औद्योगिक र पर्यटकीय क्रियाकलापलाई प्रेरित गर्दै बढावा दिनेछ । हिमालय एअरलाइन्सको आवश्यकता अनुसारकै विशेषता र संरचना रहेको ए३१९ विमानले एअरलाइन्सको दीर्घकालीन तथा प्रतिस्पर्धात्मक भविष्य सुनिश्चित गर्दछ ।’

हिमालय एअरलाइन्सले सन् २०१६ मे ३१ बाट ए३२०–११४ सिरिजको १५८ सिट भएको विमानका साथ दोहा उडान गरेर आफ्नो हवाई यात्रा सुरु गरेको थियो । चार वर्षभन्दा कम समयको अन्तरालमै एअरलाइन्सले ६ वटा देशका १० वटा गन्तव्यस्थलमा आफ्नो सञ्जाल स्थापित गरिसकेको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने निजी विमान संस्थाको लागि यो एक ठूलो उपलब्धि हो । एअरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुईयाङ, सेनजेन, बेइजिङ र चोङकिङमा उडान भर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप