फिल्म खेल्न सलमान खानले गरेको अफर श्रद्धाले यसकारण गरेकी थिइन् रिजेक्ट
मुम्बई । बलिउडकी हिट अभिनेत्री श्रद्धा कपूर ३३ वर्ष पुगेकी छन् । १९८७ मार्च ३ मा जन्मिएकी श्रद्धाले आज ३३ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् ।
बलिउडका लागि उनले हैदर, आशिकी २, स्त्री जस्ता राम्रा फिल्म पनि दिएकी छन् । उनी २०१६ मा फोब्सको सूचीमा एशियाको ३० वर्षभन्दा कम उमेरको दमदार ३० महिला सूचीमा समेत अटाएकी थिइन् । श्रद्धाले २९ फरकफरक पुरस्कार समेत पाएकी छन् ।
२०१०मा निर्मित फिल्म ‘तीन पत्ती’बाट अभिनय डेब्यु गरेकी श्रद्धा फिल्ममा महानायक अमिताभ बच्चनका साथ देखिएकी थिइन् । फिल्ममा श्रद्धाको छोटो भूमिका रहेको थियो ।
सानोमा श्रद्धा केटा जस्तो देखिन्थिन् । त्यसैले उनको झगडा पनि बढी केटाहरुसँग हुने गदथ्र्याे । धेरैले उनलाई केटाको रुपमा चिन्दथे ।
श्रद्धाको सपना सानैदेखि अभिनय थियो । उनी आमाबुबाको कपडा लगाएर हिन्दी फिल्मको डाइलग बोल्ने गर्थिन् । उनको नृत्य पनि राम्रो थियो ।
श्रद्धा र बरुणको भेट एक फिल्मको शुटिङ सेटमा भएको थियो । त्यसपछि खेल्ने सिलसिलमा यी दुबै एकअर्काको नजिक समेत भए । यी दुबै टर्चलाइटलाई क्यामरा बनाएर हिन्दी फिल्मको डाइलग बोल्न अभ्यास समेत सँगै गर्थे । यति मात्र कहाँ हो र । यी दुबै गोविन्दाको फिल्म हेरेर नृत्य र अभिनय समेत सिक्दथे ।
१६ वर्षको उमेरमा श्रद्धालाई फिल्म ‘तीन पत्ती’अभिनयको अफर आएको थियो । त्यस अगाडि स्कुलको एक नाटकमा श्रद्धाको प्रस्तुति देखेर अभिनेता सलमान खानले उनलाई अभिनय अफर गरेका थिए । सो समय श्रद्धाको मनोविद् बन्ने उद्देश्य थियो । त्यसैले उनले उक्त अफिनय अफर रिजेक्ट गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण