चीन र कोरियाबाट फर्किएका ४ नेपालीमा भटिएन कोरोना
चीन र दक्षिण कोरियाबाट फर्किएका चार नेपाली कोरोना भाइरसबाट सङ्क्रमित नभएको पाइएको छ ।
दक्षिण कोरियाबाट फर्किएका चार तथा चीनबाट फर्किएका एक नेपालीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
कोरियाबाट फर्किएका तीन तथा चीनबाट फर्किएका एक जनामा कोरोना भाइरसको परीक्षण नतिजा ‘नेगेटिभ’ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख सागर दाहालले जानकारी दिए ।
“चारजनाको स्वास्थ्य परीक्षण नतिजा नेगेटिभ पाइयो, कोरियाबाट फर्किएका एक जनाको स्वास्थ्य रिपोर्ट आउन बाँकी छ”, उनले भने । उनीहरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि ‘आइसोलेसन’मा राखिएको थियो । चीनबाट घर फर्किएकालाई शनिबार तथा कोरियाबाट फर्किएकालाई आइतबार आइसोलेसनमा राखिएको थियो । “चारै जना घर फर्किएका छन्”, केन्द्रका प्रमुख दाहालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण