सप्तरीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ भवानिपुर बस्ने ५५ वर्षीय मजादेवी सरदारको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको उक्त हात्तीले जङ्गलमा गाई र बाख्रा चराउन गएकी सरदारलाई आक्रमण गरेको रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
यस्तै सप्तरीको रुपनी गाउँपालिकास्थित बस्तीमा जङ्गली हात्तीले घरमा तोडफोड गर्दा लाखौँको क्षति गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट मध्यरातमा आएको दुईवटा हात्तीको समूहले रुपनी गाउँपालिका–६ निवासी मकरबहादुर तामाङको घर तोडफोड गरी क्षति गरेको प्रहरीले जनाएको छ ।
हात्तीले घरसहित अन्य सामग्रीमा क्षति गरेको बताउँदै हात्तीले चामाल, लत्ताकपडा, भाँडाकुँडा, मकैलगायतका खाद्यान्न खाएर र कुल्चेर नष्ट गरेको पीडित परिवारले जानकारी दिएका छन् ।
स्थानीय फूलमाया तामाङका अनुसार बनिबुतो गरेर राखेको खानेकुरासमेत हात्तीले खाएपछि छाँक टार्न आफूलाई कठिनाइ भइरहेको दुखोसो गरे । सोही हात्तीले डिकबहादुर यसमाली मगरको भान्सा घर भत्काएका छ्न भने स्थानीय खड्गबहादुर तामाङको बगैँचामा पसेर आँपको हाँगा भाँचेर क्षति गरेको जनाइएको छ । सो क्षतिबाट करिब रु एक लाख बढी मूल्य बराबरको क्षति भएको पीडितको भनाइ छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले ठूलो जनधनको क्षति गर्दासमेत नियन्त्रणप्रति कसैले चासो नदिएको हात्ती पीडितको गुनासो छ । जिल्लाको सप्तकोशी, कञ्चनरुप नगरपालिका, अग्निसाइर कृष्णा सवरण र रुपनी गाउँपालिका तथा शम्भुनाथ नगरपालिकामा हात्तीले दैनिक आतङ्क मच्याउँदै आएकोप्रति सम्बन्धित निकायको मौनताले स्थानीयवासी निरास भएको कञ्चनरुप नगरपालिकाका राजकुमार पासवानको गुनासो गरे । तीन दिन अगाडि हात्तीको आक्रमणमा कञ्चनरुप नगरपालिकमा एक महिलाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण