राष्ट्रपतिबाट सपथ लिएपछि डा खतिवडाले फेरि अर्थ मन्त्रालयको पदभार सम्हाले
बुधबार, २१ फागुन २०७६, १७ : ३३
काठमाडौं । पुन: अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पदभार सम्हालेका छन् ।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै डा खतिवडाले सिंहदरबारमा पुगेर पद तथा गोपनियताको सपथ लिएका हुन् ।
उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए ।
सरकारले राष्ट्रियसभा सदस्यको रुपमा उनको कार्यकाल सकिएपनि उनलाई पुनः अर्थमन्त्री बनाएको हो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्य नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाइने प्रावधान छ ।
खतिवडाले राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि मंगलबार पदबाट राजीनामा दिएका थिए । यसैबीच खतिवडालाई सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण