अनेरास्ववियूले सुखानी पुगेर सुखानी दिवस मनायो
विर्तामोड । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले झापाको सुखानी पुगेर सुखानी स्मृति दिवस मनाएको छ।
वि.स.२०२९ साल फागुन २१ गते झापाको चन्द्रगडीवाट इलाम जेल सार्ने नाममा सुखानीको जंगलमा लगेर तत्कालीन झापा विद्रोहका पांचजना योद्धाहरुलाई हत्या गरिएको दिनलाई सुखानी स्मृति दिवसको रुपमा मनाउने गरिन्छ ।
बुधबार विहान ५ सहिदहरुलाई हत्या गरिएको स्थलमा निर्मित सहिद स्तम्भमा पुगेर सहिदहरुलाई सम्मान तथा माल्यार्पण गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।
श्रद्धाञ्जली कार्यक्रममा अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङ, नेता सुरेन्द्र बस्नेत र नेतृ सुनिता वरालले सुखानीका सहिदहरुको योगदानको स्मरण गरेका थिए।
सुखानीमा आज निर्धारण गरिएको नेकपाको श्रद्धाञ्जली तथा जनसभा विश्वब्यापी रुपमा फैलिएको कोराना भाइरसका कारण स्थगित गरिएपछि अनेरास्ववियूले सुखानी पुगेर श्रद्धाञ्जली अर्पण गरिएको बस्नेतले बताए।
कार्यक्रममा तत्कालीन झापा विद्रोहका नेता समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण