नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्न माग
कोरोना (कोभिड १९) भाइरसका कारण कच्चा पदार्थको मूल्य बढ्दा र आपूर्ति असहज हुँदै गएकाले नेपाल औषधि उत्पादक संघले सरकारसमक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने प्रस्ताव पठाएको छ ।
संघले अघिल्लो शुक्रवार औषधि व्यवस्था विभागलाई अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बताउँदै नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्नुपर्ने पत्र पठाएको हो । औषधिको मूल्य सरकारले तोक्ने भएकाले मूल्य निर्धारण समितिलाई सक्रिय पार्न संघले अनुरोध गरेको हो ।
नेपाली औषधि उत्पादकहरूका अनुसार कोरोनाका कारण पछिल्लो समय आपूर्ति शृंखला (सप्लाई चेन) मा अवरोध आएकाले कच्चा पदार्थको मूल्य भारतमा ७० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । नेपाली उत्पादकले अधिकांश औषधिजन्य कच्चा पदार्थ भारतबाट ल्याउने भएकाले त्यहाँ हुने मूल्य उतारचढावले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।
त्यसमाथि भारतले मंगलवारदेखि प्यारासिटामोल, एन्टिकोल्ड ट्याब्लेट, अत्यावश्यक औषधि र औषधिजन्य कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाएकाले नेपालमा औषधि उत्पादन र आपूर्तिमा अवरोध आउने देखिएको छ ।
कच्चा पदार्थमा ७० प्रतिशतभन्दा बढी भारतमा आश्रित नेपाली उद्योग भारतले औषधि र कच्चा पदार्थको निर्यात नै रोकेकाले यसबाट नराम्ररी प्रभावित हुने उत्पादकहरू बताउँछन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण