बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्न माग

बिहीबार, २२ फागुन २०७६, ०६ : ४४
बिहीबार, २२ फागुन २०७६

कोरोना (कोभिड १९) भाइरसका कारण कच्चा पदार्थको मूल्य बढ्दा र आपूर्ति असहज हुँदै गएकाले नेपाल औषधि उत्पादक संघले सरकारसमक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने प्रस्ताव पठाएको छ । 

संघले अघिल्लो शुक्रवार औषधि व्यवस्था विभागलाई अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बताउँदै नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्नुपर्ने पत्र पठाएको हो । औषधिको मूल्य सरकारले तोक्ने भएकाले मूल्य निर्धारण समितिलाई सक्रिय पार्न संघले अनुरोध गरेको हो । 

नेपाली औषधि उत्पादकहरूका अनुसार कोरोनाका कारण पछिल्लो समय आपूर्ति शृंखला (सप्लाई चेन) मा अवरोध आएकाले कच्चा पदार्थको मूल्य भारतमा ७० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । नेपाली उत्पादकले अधिकांश औषधिजन्य कच्चा पदार्थ भारतबाट ल्याउने भएकाले त्यहाँ हुने मूल्य उतारचढावले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । 

त्यसमाथि भारतले मंगलवारदेखि प्यारासिटामोल, एन्टिकोल्ड ट्याब्लेट, अत्यावश्यक औषधि र औषधिजन्य कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाएकाले नेपालमा औषधि उत्पादन र आपूर्तिमा अवरोध आउने देखिएको छ ।

कच्चा पदार्थमा ७० प्रतिशतभन्दा बढी भारतमा आश्रित नेपाली उद्योग भारतले औषधि र कच्चा पदार्थको निर्यात नै रोकेकाले यसबाट नराम्ररी प्रभावित हुने उत्पादकहरू बताउँछन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  काशीराम बजगाईंले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप