कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै इटलीमा सबै स्कूल–कलेज बन्द हुने
कोरोना भाइरसले बिस्तारै पूरा संसारलाई नै प्रभावित पारिरहेको छ ।
चीनबाट सुरु भएको यो भाइरस अब युरोप र एशियाबाहेक दक्षिण अमेरिकाका थुप्रै देशमा पुगिसकेको छ ।
अहिलेसम्म तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ भने करिब ७० देशमा यो भाइरस फैलिसकेको छ । चीनमा मात्रै अहिलेसम्म २ हजार ८ सय ८१ जनाको मृत्यु भइसकेको छ ।
चीन बाहिर सबैभन्दा धेरै असर दक्षिण कोरिया र इरानमा देखिएको छ । इरानमा अहिलेसम्म ९२ जनाको मृत्यु भइसकेको छ ।
इटलीले देशभरीकै स्कूल–कलेजलाई मार्चको मध्यसम्म बन्द गर्नेबारे विचार गरिरहेको छ ।
कोरोना भाइरसका शिकारः
बुधबार इटलीको सरकारले स्कूल कलेज बन्द गर्ने ÷नगर्ने विषयमा बैठक बसेको थियो ।
बैठकपछि इटलीकी शिक्षामन्त्री लूसिया अजोलिनाले भनिन्, ‘इटलीको समाचार एजेन्सी अनसा र अन्य स्थानीय च्यानलमा स्कूल–कलेज बन्द गर्नेबारे जुन खबर चलिरहेको छ त्यसमा अहिलेसम्म कुनै पनि निर्णय लिइएको छैन तर अबको केही घण्टामा यसबारे निर्णय गरिनेछ ।’
ब्रिटेनमा अहिलेसम्म ८५ जनामाथि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
ब्रिटेनका चीफ मेडिकल अफिसर प्रोफेसर क्रिस विट्टीले अहिले ३२ थप नयाँ संक्रमित देखापरेका छन् ।
ब्रिटेनमा संक्रमणको खतरालाई कम गर्नका लागि डाक्टरले धेरैभन्दा धेरै भिडियो कन्फरेन्सिङको प्रयोग गर्न सल्लाह दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण