कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै इटलीमा सबै स्कूल–कलेज बन्द हुने

कोरोना भाइरसले बिस्तारै पूरा संसारलाई नै प्रभावित पारिरहेको छ ।
चीनबाट सुरु भएको यो भाइरस अब युरोप र एशियाबाहेक दक्षिण अमेरिकाका थुप्रै देशमा पुगिसकेको छ ।
अहिलेसम्म तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ भने करिब ७० देशमा यो भाइरस फैलिसकेको छ । चीनमा मात्रै अहिलेसम्म २ हजार ८ सय ८१ जनाको मृत्यु भइसकेको छ ।
चीन बाहिर सबैभन्दा धेरै असर दक्षिण कोरिया र इरानमा देखिएको छ । इरानमा अहिलेसम्म ९२ जनाको मृत्यु भइसकेको छ ।
इटलीले देशभरीकै स्कूल–कलेजलाई मार्चको मध्यसम्म बन्द गर्नेबारे विचार गरिरहेको छ ।
कोरोना भाइरसका शिकारः
बुधबार इटलीको सरकारले स्कूल कलेज बन्द गर्ने ÷नगर्ने विषयमा बैठक बसेको थियो ।
बैठकपछि इटलीकी शिक्षामन्त्री लूसिया अजोलिनाले भनिन्, ‘इटलीको समाचार एजेन्सी अनसा र अन्य स्थानीय च्यानलमा स्कूल–कलेज बन्द गर्नेबारे जुन खबर चलिरहेको छ त्यसमा अहिलेसम्म कुनै पनि निर्णय लिइएको छैन तर अबको केही घण्टामा यसबारे निर्णय गरिनेछ ।’
ब्रिटेनमा अहिलेसम्म ८५ जनामाथि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
ब्रिटेनका चीफ मेडिकल अफिसर प्रोफेसर क्रिस विट्टीले अहिले ३२ थप नयाँ संक्रमित देखापरेका छन् ।
ब्रिटेनमा संक्रमणको खतरालाई कम गर्नका लागि डाक्टरले धेरैभन्दा धेरै भिडियो कन्फरेन्सिङको प्रयोग गर्न सल्लाह दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
-
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै
-
भारत र पाकिस्तानलाई युद्ध रोक्न नागरिक समाजको अपिल
-
पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
-
बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
-
आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित