एउटा विज्ञापनको लागि सलमानले लिए एक दिनको ७ करोड

एजेन्सी : फिल्ममा मात्र होइन बलिउड सुपरस्टार सलमान खान कुनै पनि ब्राण्डको लागि पनि दोस्रो सेलिब्रेटीका लागि अप्ठयारो पार्न सक्छन् । उनको स्टारडम यस्तो छ कि कुनै पनि कम्पनी उनलाई ब्राण्ड एम्बेसेडर बनाउनको लागि करोडौं खर्च गर्न तयार हुन्छन् ।
सलमान खानले केही दिन अगाडि एउटा स्मार्टफोन कम्पनीको लागि विज्ञापन शुटिङ गरेका थिए । उक्त विज्ञापन मुम्बईको महबुब स्टुडियोमा शुटिङ गरिएको थियो । सलमान खानले उक्त विज्ञापन शुटिङको लागि प्रतिदिन ७ करोड भारु लिएका थिए ।
विज्ञापन शुटिङको गर्दा ब्राण्डको मार्केटिङलाई मध्यनजर गरेर गरिएको थियो जसले गर्दा शुटिङ गर्न चार÷पाँच दिन लाग्यो । सलमानले एक दिनको हिसाबले ७ करोड भारु दिइयो । यस हिसाबले उनले २८/३५ करोड भारु लिए ।
अर्को आश्चर्यको कुरा के छ भने उक्त विज्ञापन स्मार्टफोनको थियो । उक्त स्मार्टफोनको मूल्य १४, ९९९ मात्रै रहेको छ ।
उक्त स्मार्टफोनको बारेमा सलमान भन्छन्, ‘तीव्र रुपमा माग बढिरहेको स्मार्टफोनसँग जोडिन पाएकोमा निकै खुशी छुँ । रियल मि ६ सिरीज स्टाइलिश छ । र, यो ग्राहकलाई निकै मन पर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली लुम्बिनीमा
-
राष्ट्रपति पौडेल तनहुँमा
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
पर्यटन बोर्डकाे रिक्त पदमा पोखरेलीलाई नियुक्त गर्न माग
-
अस्ट्रेलिया फर्कन विमान चढेका पञ्जाबका प्रमुख प्रशिक्षक रिकी पोन्टिङ फेरि होटल फर्किए
-
प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने