एउटा विज्ञापनको लागि सलमानले लिए एक दिनको ७ करोड
एजेन्सी : फिल्ममा मात्र होइन बलिउड सुपरस्टार सलमान खान कुनै पनि ब्राण्डको लागि पनि दोस्रो सेलिब्रेटीका लागि अप्ठयारो पार्न सक्छन् । उनको स्टारडम यस्तो छ कि कुनै पनि कम्पनी उनलाई ब्राण्ड एम्बेसेडर बनाउनको लागि करोडौं खर्च गर्न तयार हुन्छन् ।
सलमान खानले केही दिन अगाडि एउटा स्मार्टफोन कम्पनीको लागि विज्ञापन शुटिङ गरेका थिए । उक्त विज्ञापन मुम्बईको महबुब स्टुडियोमा शुटिङ गरिएको थियो । सलमान खानले उक्त विज्ञापन शुटिङको लागि प्रतिदिन ७ करोड भारु लिएका थिए ।
विज्ञापन शुटिङको गर्दा ब्राण्डको मार्केटिङलाई मध्यनजर गरेर गरिएको थियो जसले गर्दा शुटिङ गर्न चार÷पाँच दिन लाग्यो । सलमानले एक दिनको हिसाबले ७ करोड भारु दिइयो । यस हिसाबले उनले २८/३५ करोड भारु लिए ।
अर्को आश्चर्यको कुरा के छ भने उक्त विज्ञापन स्मार्टफोनको थियो । उक्त स्मार्टफोनको मूल्य १४, ९९९ मात्रै रहेको छ ।
उक्त स्मार्टफोनको बारेमा सलमान भन्छन्, ‘तीव्र रुपमा माग बढिरहेको स्मार्टफोनसँग जोडिन पाएकोमा निकै खुशी छुँ । रियल मि ६ सिरीज स्टाइलिश छ । र, यो ग्राहकलाई निकै मन पर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण