गोरखा जिप दुर्घटना अपडेटः गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो
काठमाडौंः गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ७ जनालाई काठमाडौं ल्याइएको छ ।
अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेर गम्भीर घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौँ ल्याइएको हो ।
दुर्घटना भएको ठाउँ दुर्गम उच्च पहाडी भेग रहेको र नजिक स्तरीय स्वास्थ्य संस्था नभएका कारण हेलिकप्टरबाट थप उपचारका लागि नर्भिक अस्पताल लगिएको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए।
बुधबार साँझ भएको दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुुर्घटनामा परेको थियो ।
दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण