मन्त्रिपरिषद्को निर्णयप्रति त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको गम्भीर ध्यानार्कषण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले भक्तपुरस्थित ख्वप कलेज अफ इन्जिनियरिङलाई नयाँ कार्यक्रम सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएकोमा गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै संघले मन्त्रिपरिषदको उक्त निर्णयबाट क्याम्पस तथा विभागहरुलाई सम्बन्धन दिने तथा कार्यक्रम निर्धारण गर्ने/गराउने विश्वविद्यालयको अधिकारमाथि प्रहार भएको र विश्वविद्यालयहरुप्रतिको स्वायत्तताको अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई समेत ख्याल नगरिएको उल्लेख गरेको छ ।
गत फागुन १२ गते नेपाल सरकार मन्त्रिपरिषद््ले भक्तपुरको ख्वप कलेज अफ इन्जिनियरिङलाई नयाँ कार्यक्रम सञ्चालन गर्न दिएको थियो ।
संघले विभिन्न समयमा नेपाल सरकारले क्याम्पस तथा विभागहरुलाई सम्बन्धन दिने तथा कार्यक्रम निर्धारण गर्ने गराउने गर्दा विश्वविद्यालयको अधिकारमाथि प्रहार भएको आरोप लगाएको छ ।
उक्त कार्यक्रमहरु स्वीकृति दिन विश्वविद्यालयको विज्ञ टोलीबाट सम्बन्धित क्याम्पसको अध्ययन गराई उक्त टोलीको सिफारिसका आधारमा स्वीकृत दिने अन्तिम अधिकार त्रिविमा रहेको बताउँदै संघले उक्त व्यवस्थालाई बेवास्ता गरिएको प्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण