मकवानपुरगढी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो (अपडेट)
हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
मृत्यु हुनेहरुमा मकवानपुरगढी–७ का सोमबहादुर मोक्तान, सोही ठाँउ बस्ने सोमबहादुर रुम्बा र सुरज ल्हो रहेका छन् । दुर्घटनाबाट मोक्तान र रुम्बाको घटनास्थलमा नै तथा ल्होको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा नै मृत्यु हुनुभएका अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । उपचारका लागि अस्पताल भर्ना भएका ४९ जनामध्ये २६ जनाको अवस्था सामान्य भएकाले उहाँहरुलाई घर फर्काइएको र अन्यको हेटौँडा अस्पताल, चुहेहिल अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुधबार साँझ मकवानपुरगढी–१ घट्टेपाखोबाट जन्ती बोकेर सुकौरा जाँदै गरेको ना३ख ३५५६ नंको बस शिखरकटेरीको गैरीभञ्ज्याङ दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण