काठमाडौं वर्ल्ड स्कुलले सार्वजनिक गर्यो स्कूल बाई अटोम्याटिक्स एप
भक्तपुर– स्कुल, कलेज तथा बिभिन्न शैक्षिक संस्थाहरुको बस लगायत अन्य यातायात व्यवस्थापन सहजताका लागि नेपाली बजारमा हालै स्कूल बाई अटोम्याटिक्स एप सार्वजनिक भएको छ ।
चौधरी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्स सुर्यविनायक गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा आयोजना गरिएको बिशेष कार्यक्रममा सम्पूर्ण मिडिया समक्ष उक्त एप स्कूल बाई अटोम्याटिक्सलाई हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष इन्जिनियर मिथिलेश कुमार झा, सिप्रदी ट्रेडिङका सि.ओ.ओ. राजेश प्रसाद गिरी, प्रिन्सिपल राजीव क्षेत्री र बिशेष अतिथी पूर्व ट्राफिक ईन्स्पेक्टर सिताराम हाछेथुलगायत टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङका कर्मचारीहरुको पनि उपस्थिती थियो ।

कार्यक्रममा काठमाडौं वर्ल्ड स्कुलका प्रिन्सिपल राजीव क्षेत्रीले अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम समाबेश गर्नुको साथै विश्वस्तरिय पूर्वाधारमा बनिएको नेपालको उच्चस्तरिय शिक्षण संस्था भएको बताए । उनले अभिभावक तथा बाल बालिकाहरुको दैनिक जीवनमा अझै सहजता ल्याउन यस स्कूल बाई अटोम्याटिक्ससँग सहकार्य गरेको बताए ।
पूर्व ईन्स्पेक्टर सिताराम हाछेथुल स्कूल बाई अटोम्याटिक्स एपले स्कुल र अभिभावकलाई मात्र नभएर ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा पनि धेरै नै मद्दत पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण