नेप्से साढे ५ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोवार मापक नेप्से आज पनि ५.५० विन्दुले घटेर एक हजार ४३५.७० मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.१५ ले ओरालो लागेर ३०७.७२ मा पुगेको छ ।
नेप्से ओरोलो लागेपनि कारोवार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको छ । कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर रु दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । विकास बैंक २१.२७, वित्त ७.८१, अन्य दुई, लघुवित्त ४८.०३, जीवन बीमा ७७.८५ ले वृद्धि भएको छ । यस्तै बैंकिङ १४.२४, व्यापार १७.७२, होटल २५.९८, जलविद्युत् ९.३१, निर्जीवन बीमा २५.६२, उत्पादन ३८.९५ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ ।
कारोवारका आधारमा आज पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ८७ लाख १९ हजार ८६६ मूल्य बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै एनएमबी बैंक रु १२ करोड ६५ लाख ९२ हजार २२, एनआइसी एशिया बैंक रु नौ करोड ६८ लाख ६ हजार, मञ्जुश्री फाइनान्स रु आठ करोड ४२ लाख ३९ हजार ४३९, नबिल बैंक रु छ करोड ५८ लाख ५३ हजार २९७ र हिमालयन डिस्टिलरीको रु छ करोड ४४ लाख ८० हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।
कारोवारका आधारमा आज मञ्जुश्री फाइनान्स १०, राधी विद्युत् कम्पनी ९.०४, बोटलर्स नेपाल तराई, ८.२१, जनउत्थान सामुदायिक लघुवित्त ७.०२, गणपति माइक्रोफाइनान्स ६.१६ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.०१ प्रतिशतले कमाए । यसैगरी नेपाल हाइड्रो ९.६९, हिमाल दोलखा हाइड्रोपावर ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ६.६७, यूनियन हाइड्रो ६.०६ र ओरियन्टल होटलका शेयरधनीले ४.६० प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्लिम समुदायका लागि सरकारी सेवामा आरक्षण र शिक्षामा समान अवसर सुनिश्चित : मुख्यमन्त्री आचार्य
-
आफ्नो माग बमोजिम आएको नीति तथा कार्यक्रमलाई कांग्रेसले समर्थन गर्ने
-
आवासीय चिकित्सक र सरकारबिच सहमति, आन्दोलन फिर्ता
-
मकवानपुर महिला गोल्डकप : नव जनजागृतिलाई हराउँदै संकटा सेमिफाइनलमा
-
मध्यपूर्व एनआरएनएको नेतृत्वमा हेपिएको छ, यो पल्ट त्यस्तो नहोस् : आरके शर्मा
-
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको अध्यक्षमा तीन दलको ‘बार्गेनिङ’