चीनतर्फको आयात ‘बुकिङ’ ह्वात्तै घट्यो
कोरोना भाइरस (कोभिड–१९) का कारण चीनसँगको व्यापार प्रभावित भएको व्यवसायीले बताएका छन् । चीनबाट आयात हुने मालसामानको ‘बुकिङ’ ह्वात्तै घटेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताए ।
जनवरीयता चीनबाट मालवस्तु मगाउन कुनै पनि नयाँ कन्साइन्मेन्ट ‘अर्डर’ नआएको यस लजेस्टिकका सञ्चालकसमेत रहेका टेमानीले जानकारी दिए । उनका अनुसार चीनमा कोरोना भाइरस फैलिएयता चीनबाट आयात हुने मालवस्तुको ‘बुकिङ’ ७५ प्रतिशतले घटेको छ । वैदेशिक व्यापार परिमाणका आधारमा चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो ।
चीनबाट औद्योगिक उपकरण, कच्चा पदार्थ, जुत्ताचप्पल, विद्युतीय सामान, दूरसञ्चार उपकरण, औषधि र यसका उपकरण, ब्याग, कपडा, खेलौनादेखि दैनिक उपभोग्य वस्तुको आयात हुन्छ ।
कोरोना संक्रमण महामारीका रूपमा फैलिएयता चीनबाट मालवस्तु मगाउन एउटा पनि नयाँ ‘डकुमेन्ट’ नआएको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्माले बताए । ‘कोरोना फैलिएपछि चीनका लागि कुनै पनि नयाँ डकुमेन्ट आएको छैन । अहिले पुरानै अर्डरको काममात्र भइरहेको छ,’ शर्माले आर्थिक अभियानसित भने । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण