आज चट्याङ र असिना पानीको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा महाशाखाले आजको मौसमको पूर्वानुमानको बारेमा जानकारी गराएको हो ।
महाशाखाले हाल हाल देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको जनाएको छ ।
यसैगरी, दिउँसो पश्चिमी भू–भागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
पूर्वानुमानले राति देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने साथै मध्य तथा पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ।
यसैगरी, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण