कोरोनाभाइरस : अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो
अमेरिकामा कारोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । अमेरिकामा ज्यान गुमाएकामध्ये ११ जना वासिङ्टन राज्यका रहेका छन् भने एक जना क्यालिफोर्नियाका रहेका छन् ।
वासिङ्टनमा देखिएको संक्रमणका धेरै बिरामी सियाटलको किर्कल्याण्डमा रहेको एउटा नर्सिङ सेन्टरसँग सम्बन्धित रहेका छन् । त्यहाँ नै ६ जनाको मृत्यु भएको छ ।
यता, अमेरिकी राज्य टेक्सासमा १४ संक्रमित फेला परेसँगै अमेरिकामा यस रोगबाट संक्रमित हुनेको सङ्ख्या १ सय २९ पुगेको छ ।
उता, क्यालिफोर्नियाले क्रुज जहाजमा कोरोनाको संक्रमण देखिएको आशंका गरिएपछि ३५ सय यात्रु र चालक दलका सदस्यको व्यवस्थापनको चुनौती सामना गरिरहेको छ ।
यता, आयरल्याण्डमा पनि इटालीमा यात्रासँग नजोडिएको पहिलो संक्रमित फेला परेका छन् । योसँगै देशमा कोरोनाभाइरस संक्रमितको सङ्ख्या १३ पुगेको छ ।
विश्वभर यसरोगबाट ९५ हजारभन्दा बढी संक्रमित बनेका छन् । यसमध्ये धेरै चीनका रहेका छन् । चीनमा हालसम्म ३ हजार १५ जनाले ज्यान गुमाएका छन् भने विश्वभर यसबाट २६७ जनाको मृत्यु भइसकेको छ जसमा धेरै इरान र इटालीका रहेका छन् । चीनमा बिहीबार कोरोनाभाइरसबाट १४३ जना नयाँ संक्रमित भेटिएका छन् भने थप ३० जनाले ज्यान गुमाएका छन् । तीमध्ये २९ जना हुबेई प्रान्तका रहेका छन् र फेला परेका नयाँ मध्ये १२६ जना पनि त्यही प्रान्तका रहेका छन् ।
दक्षिण कोरियामा थप ५१८ जना नयाँ संक्रमित फेला परेसँगै देशमा कूल संक्रमितको सङ्ख्या ६ हजार २८४ जना पुगेको छ । देशमा हालसम्म ४२ जनाको मृत्यु भएको छ जसमा वृद्ध र पुरानो स्वास्थ्य समस्या रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण