टर्की र रुसबीच इद्लिबमा युद्धविरामको सहमति
एजेन्सी । रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम लागू भएको छ । मानवीय सहायताको खाँचो पर्नसक्नेगरी आपतकाल फैलाउने र उनीहरूका सेनाबीच झडप हुने डर बढाउने अवस्था रहेकाले पछिल्लो समयमा जारी रहेका झडपहरुलाई पनि रोक्ने उद्देश्यले शुक्रवारदेखि युद्धविराम लागू भएको जनाइएको छ ।
सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा हिंसा बढेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्की समकक्षी रेसेप तायिप एर्डोगानबीच यो सम्झौता भएको समाचारमा जनाइएको छ । उत्तरपश्चिमी सिरियामा आङ्कराले मस्कोको समर्थनमा रहेका सरकारी सेनासँग संघर्ष गरिरहेका थिए । यस प्रान्तमा जारी रक्तपातको कारण करिब १० लाख नागरिक आफ्नो घर छोडेर भागेका छन् । जारी हिंसाको कारण दर्जनौं टर्की सेना मारिएका बताइएको छ ।
पुटिन र एर्डोगानबीच ६ घण्टा भन्दा बढी समय वार्तापछि शुक्रबार मध्यरातदेखि युद्धविरामका लागि सहमति भएको बताइएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यो सम्झौताले पश्चिमी सिरियामा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने र दुश्मनीलाई तत्काल र चिरस्थायी समाप्तिमा पु¥याउने आशा व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले बिहीबार प्रकाशित एक विज्ञप्तिमा बताएका छन् ।
मध्यराति भन्दा केही समयअघि मात्र बम विष्फोट भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाइएको छ । युद्धविराम लागू भएपछि यस क्षेत्रमा सामान्यतया शान्त रहेको पनि अब्जरभेटरीले जानकारी दिएको छ । बेलायतस्थित प्रमुख कार्यालय रहेको यस मानवअधिकारवादी समूहले रुस र सिरियाली हवाई हमलाहरू रोकिएको जनाएको छ । तर इदलिवको सीमावर्ती अलेप्पो र हमाको इलाकामा जिहादीहरूको नियन्त्रणमा रहेको इलाकामा विद्रोही समूहको स्थितिमा सिरियाली सरकारी सुरक्षाबल गोलाबारी गरेको जनाइएको छ ।
सिरियाको नौ वर्षको गृहयुद्धको क्रममा विद्रोही गढ इद्लिबको अवस्था नाजुक भएको थियो । किनकि पहिलो पटक राष्ट्रपति बसर अल असादको फौजको बिरूद्ध प्रत्यक्ष आक्रमण भएको थियो ।
संयुक्त प्रेस सम्मेलनमा यस सम्झौताले इद्लिबमा लडाई समाप्त गर्ने राम्रो आधारको रुपमा काम गर्ने राष्ट्रपति पुटिनले बताएका छन् । टर्कीले दमासकसको कुनै पनि हमलाबिरूद्ध आफ्नो सम्पूर्ण शक्तिसँग बदला लिने अधिकार सुरक्षित गरेको एर्डोगानले बताएका छन् ।
सम्झौताले उत्तरी सिरियाको कि एम ४ राजमार्गमा सुरक्षा मार्ग पनि निर्माण गर्नेछ, जहाँ टर्की र रूसी सेनाले मार्च १५ देखि संयुक्त गस्ती सुरु गर्नेछन् । सिरियामा सन् २०११ को मार्च महिनापछि यहाँका राष्ट्रपति बसर अल असदको राजिानामा माग गर्दै शुरु भएको आन्दोलन केही समयपछि गृहयु्द्धमा परिणत भयो । यस युद्धमा सो समयदेखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखौं आफ्नै देश र छिमेकमा पर्ने देशहरुमा शरणार्थीका जीवन विताइरेहका छन् । यसैक्रम सिरियामा जारी युद्धको कारण करिब ३६ लाख व्यक्ति टर्कीमा शरणार्थी जिवन यापन गरिरहेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?