शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा एसईईको तयारी अन्तिम चरणमा, ८१ हजार विद्यार्थी सहभागी हुँदै

शुक्रबार, २३ फागुन २०७६, २० : ४६
शुक्रबार, २३ फागुन २०७६

बुटवल । आगामी चैत्र ६ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पाँच नम्बर प्रदेशमा तयारी अन्तिम चरणमा पुगेको छ ।

यो प्रदेश नम्बर ५ बाट ८१ हजार ४ सय १ जना परिक्षार्थी सहभागी हुँदै छन् । प्रदेशका १२ वटा जिल्लाबाट नियमिततर्फ कूल ७६ हजार ६ सय १८ जना, प्राविधिक तर्फ २ हजार १ सय ३१ जना तथा ग्रेड वृद्धिका लागि २ हजार ६ सय ५२ जना विद्यार्थी परिक्षामा सहभागी हुने सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ । यहाँ  छात्रभन्दा छात्रा धेरै सहभागीता  रहनेछ ।

प्रदेशमा परिक्षाका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।  उनले परिक्षालाई मयादित,सफल र विद्यार्थीहरुमा भयरहित वातावरणमा सञ्चालन गर्नका लागि जोड दिएका छन् ।

 प्रदेशका ३ सय २१ परिक्षा केन्द्रबाट सञ्चालन गरिने परिक्षाका लागि आवश्यक तयारीको अन्तिम चरणमा पुगेको जानकारी गराउँदै मन्त्री बरालले परिक्षालाई मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि सञ्चार क्षेत्रबाट समेत सहयोगको अपेक्षा गरे ।

चैत्र ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईईमा ९ जना दृष्टिविहिन, १३ जना वहिरो अपाङ्गता भएका विद्यार्थी तथा शारीरिक अपाङ्गता भएका २ गरी २४ जना विशेष क्षमताका विद्यार्थी सहभागी हुने भएका छन् । यस्तै तीन जान तेस्रो लिङ्गीहरु पनि सहभागीता  रहनेछ ।

वि.स. २०७२ सालदेखि परिक्षालाई ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशन गर्न लागिएसँगै संघीय सरकारले प्रश्न पत्रको व्यवस्थापन गरे पनि अन्य व्यवस्थापन प्रदेश सरकारहरुले गर्दै आएका छन् ।

संघीय सरकारले परिक्षा सञ्चालनका लागि शसर्त अनुदानका रुपमा ४ करोड १२ लाख रकम उपलब्ध गराएकोमा परिक्षा कर्ख ३ करोड ३९ लाख हुने अनुमान गरिएको छ । यसैगरी परिक्षा सञ्चालनका लागि ३ सय २१ जना परिक्षा केन्द्राध्यक्ष, ४ सय ११ जना सह केन्द्राध्यक्ष, ४ हजार ७० जना निरिक्षक, ८ सय १४ जना परिक्षा सहायक, ४ हजार ८ सय १५ जना सुरक्षाकर्मी तथा १ हजार ६ सय २८ जना कार्यालय सहायक गरी कूल १२ हजार ५९ जना जनशक्तिको आवश्यकता पर्ने मन्त्रालयले जनाएको छ ।

रुपन्देही जिल्लाबाट सवै भन्दा धेरै सहभागी हँुदै

प्रदेशमा अन्य जिल्ला भन्दा रुपन्देहीबबाट धेरै विद्यार्थीहरु सहभागी हुदैछन् ।  परिक्षामा रुपन्देही जिल्लाबाट सबैभन्दा बढी १७ हजार ४ सय ३० जना विद्यार्थीले ५६ वटा केन्द्रबाट परिक्षामा सहभागी हुँदै छन् ।

परिक्षामा ३९ हजार ७ सय ३३ जना छात्र, ४२ हजार ६ सय ६५ जना छात्रा तथा ३ जना तेस्रो लिङ्गी विद्यार्थीले सहभागीता जनाउने भएका हुन् । सबैभन्दा कम रुकुम पुर्वका ६ केन्द्रबाट १ हजार ७४ जना विद्यार्थीले रिक्षामा सहभागी हुने भएका छन् ।

ग्रेड वृद्धिका लागि परिक्षामा सहभागी हुने विद्यार्थीको संख्या पनि रुपन्देहीमा बढी रहेको छ । रुपन्देहीमा ४ सय ९४ जना विद्यार्थीले ग्रेड वृद्धिका लागि परिक्षामा सहभागी हुँदै छन् भने सबै भन्दा कम रुकुम पुर्वबाट ७२ जना विद्यार्थी सहभागी हुने भएका छन् । परिक्षामा संस्थागत विद्यालयबाट २० हजार ८ सय ४७ तथा सामुदायिक विद्यालयबाट ६० हजार ५ सय ५४ जना विद्यार्थी सहभागी हुने छन् ।

साविकको लुम्बिनी अञ्चलका नवलपरासीबाट ६ हजार १ सय ४, पाल्पाबाट ५ हजार ६४, गुल्मीबाट ४ हजार ७ सय ३, अर्घाखाँचीबाट ३ हजार ४ सय २७ तथा कपिलवस्तुबाट ७ हजार ४ सय ७४ जना विद्यार्थी परिक्षामा सामेल हुने भएका हुन् ।

पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्ययनजर गर्दै नेपाल सरकारले समयमा नै परिक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्री बरालले नेपालमा कोरोना भाइरस देखा नपरेको प्रष्ट पार्दै सरकारले उच्च सतर्कता अपनाएको जानकारी गराए । कतिपय विद्यालयहरुमा विद्यार्थीलाई मास्क लगाउन अनिवार्य जस्तै गरिए पनि त्यो अवस्था अझै नपाएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप