एनआरएनए ओसियाना रिजनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै
सिडनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) ओसियाना रिजनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आईएम जेनेरेसन इक्वालिटी भन्ने विषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ। आगामी आइतबार मार्च ८ तारिखमा बार्दली फन्सन सेन्टर म्यारिल्यान्डमा आयोजना हुने उक्त कार्यक्रममा कन्जुमर प्रोटेक्सनका लागि छायामन्त्री तथा सांसद जुला फिन मुख्य अतिथि रहने एनआरएनए आईसिसि ओसियाना महिला संयोजक जानकी पौडेलले रातोपाटीलाई जानकारी दिइन् ।
त्यसैगरी क्याम्बर्ल्यान्ड काउन्सिलबाट काउन्सिलर लिसा लुक, गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समन्वय समितिको उपाध्यक्ष मन केसी, अबुन क्षेत्रका बहुसाँस्कृतिक पुलिस अफिसरहरूका साथमा यसपटक युनाटेड नेसन अस्ट्रेलियाबाट समेत कार्यक्रममा भाग लिने संयोजक पौडेलले बताइन् ।
यो वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘जेनेरेसन इक्वालिटी’ रहेकोले सोही विषयमा रहेर उक्त कार्यक्रम तय गरिएको संयोजक जानकी पौडेले जानकारी दिइन् । उक्त कार्यक्रममा डिनरको लागि प्रवेश शुल्क २० डलर राखिएको छ । बिहान ११ः३० बजेदेखि सुरु हुने उक्त कार्यक्रम दिउँसो २ः३० बजेसम्म चल्ने आयोजक पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण