कोरोनाभाइरसः मान्छेबाट जनावरमा सर्यो
एजेन्सी । हङकङका एक जना कोरोनाभाइरस संक्रमित मानिसका कुकुरलाई समेत कोरोनाभाइरस लागेको पाइएको छ । यस प्रकरणलाई हङकङका स्वास्थ्य अधिकारीले बुधबार पुष्टि गरे ।
यो घटना मानिसबाट जनावरमा रोग सरेको पहिलो घटना हो ।
‘पोमेरियन’ नाम रहेको त्यस कुकुरलाई अघिल्लो शुक्रबार लक्षण देखिएको आशंकामा परिक्षण गरिएको थियो । सुरुमा कुकुरको शरिरको बाहिरी सतहमा मानिसको संक्रमित पदार्थ झरको तर उ आफैमा संक्रमण नभएको आशंका गरिएको थियो ।
अहिले विज्ञले कुकुरमा ‘न्युन स्तरको संक्रमण’ देखिएको बताएका छन् । अब संक्रमित कुकुरलाई कृषि, माछापालन र संरक्षण विभागमा थप परिक्षणको लागि क्वारेन्टाइनमा राखिनेछ ।
हङकङको स्वास्थ्य मन्त्री सोफिया च्यान–चीले नियमित पत्रकार ब्रिफिङमा कुकुरमा मानिसबाट कोरोना सरेको बताइन् ।
पछि एक वक्तव्य जारी गर्दै स्वास्थ्य मन्त्रालयको प्रवक्ताले कुकुरको सरसफाइमा ध्यान दिए कुकुरधनीले धेरै चिन्ता गर्नु नपर्ने बताइन् ।
कुकुरको संक्रमणलाई नजिकबाट निगरानी गरेको विश्व स्वास्थ्य संगठनले पनि कुकुर कोरोनाभाइरसबाट सक्रमित भएको पुष्टि गरे । तर संगठनका अनुसार घर पालुवा कुकुरबाट अरुमा संक्रमण भएको प्रमाण भेटिएको छैन ।
जनावर विज्ञले पनि घरपालुवा जीवबाट मानिसमा कोरोनाभाइरस सरेको प्रमाण नभेटिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण