सिरहामा एसईईमा दश हजार विद्यार्थी सहभागी हुँदै
सिरहा : विद्यालय शिक्षाको फलामे ढोकाको रुपमा लिइने एसईई परीक्षा २०७६ मा सिरहाबाट करिब दस हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
आगामी चैत ६ गतेदेखि शुरु हुने परीक्षामा जिल्लाका ७६ सामुदायिक र ६५ संस्थागत विद्यालय गरी एक सय ४१ विद्यालयबाट ९ हजार ८ सय २१ जना सहभागी हुने शिक्षा विकास समन्वय इकाई सिरहाले जनाएको छ ।
परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचको लागि यो वर्ष ३९ वटा परीक्षा केन्द्रहरु तय गरेको इकाईले जनाएको छ । पछिल्लो वर्ष जिल्लामा ३८ वटा परीक्षा केन्द्र थिए ।
यो वर्षको परीक्षा अन्तर्गत बाल मन्दिर परीक्षा केन्द्रमा प्राविधिक धारतर्फ दुई सय ७८ जना र चन्द्र माध्यमिक विद्यालय केन्द्रमा चार सय ८६ जना विदार्थीले एक्जामटेड परीक्षा दिने इकाई प्रमुख विजयकुमार मण्डलले बताए ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समितिमार्फत् सबै तयारीहरु आवश्यकता अनुसार भईरहेको प्रमुख मण्डलले जानकारी दिए ।
तोकिएका परीक्षा केन्द्रहरुमा उत्रर पुस्तिकाको संख्या छुट्याएर पोका बनाएर यो हप्ताको चैतको अन्तिम सातासम्म सम्बन्धित केन्द्रमा पुर्याइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण