अमेरिकामा सुपरमार्केटको आइसक्रिम चाटेर फेरि र्याकमा राख्ने युवकलाई ३० दिनको जेल र २ हजार डलर जरिवाना
एजेन्सी । अमेरिकी नागरिक २४ वर्षीय डी एड्रियन एण्डरसनलाई खाद्य पदार्थ दुषित बनाएको आरोपमा ३० दिन जेल र २००० डलर जरिवाना सुनाइयो ।
एण्डरसनमाथि ह्युसन सहरभन्दा १४५ किमी टाढा पोर्ट आर्थरस्थित बालमार्ट सुपरमार्केटमा आइसक्रिम चाटेर पुन स्टोरको फ्रिजमा राखेको आरोप थियो ।
जेल र जरिवानाको अतिरिक्त आरोपीलाई ६ महिनासम्म उक्त स्टोर प्रवेशमा प्रतिबन्ध लगाइएको छ । साथमा उनले १०० घण्टा समाजसेवी काममा गर्नुपर्नेछ ।
आरोपीको अगस्ट २६ मा यो काम गरेका थिए । उनले यसको भिडियो पनि बनाएका थिए । त्यस समय त्यस क्षेत्रको किशोर र युवामाझ डिमार्टमेन्ट स्टोरका आइसक्रिम चाटेर पुनः फ्रिजमा राख्ने ट्रेण्ड चलेको थियो ।
प्रहरीले उक्त कार्य रोक्नलाई विशेष अभियान नै संचालन ग¥यो । त्यस क्रममा उक्त ट्रेण्ड सुरु गर्ने एक किशोर पक्राउ परे ।
उनीपछि एण्डरसन पक्राउ परेका हुन् । किशोर बालिक भएकाले सजाय पाउनबाट बचे भने एण्डरसनले भने आफ्नो कृत्यको भिडियो खिचेर फेसबुकमा पोष्ट गरेकाले पक्राउ परेका थिए ।
डिपार्टमेन्टस्टोरको सीसीटीभीमा पनि एण्डरसनको कार्यको फूटेज खिचिएपछि आइसक्रिम कम्पनी ‘ब्लू बेल क्रिमर्स’ले स्टोरका सबै आइसक्रिम बदलेको थियो ।
त्यस क्रममा भएको सम्पूर्ण खर्च एण्डरसनले तिर्नुपर्ने अदालतले फैसला गरेको छ ।
मिडियाका अनुसार यस मुद्दामा एण्डरसनलाई यो वर्षको सुरुमा पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण