शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको त्रासबीच बन्द स्टेडिममा खेलिएको खेलमा इन्टरमाथि युभेन्टस हाबी

सोमबार, २६ फागुन २०७६, ०७ : १३
सोमबार, २६ फागुन २०७६

उपाधि दाबेदार इन्टर मिलानलाई पराजित गर्दै युभेन्टस सिरिए एको शीर्ष स्थानमा उक्लिएको छ । कोरोनाभाइरसको त्रासका बीच दर्शकबिनै बन्द स्टेडियममा खेलिएको खेलमा युभेन्टसले इन्टरलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

कोरोनाभाइरसको त्रासबीच अप्रिल ३ सम्मलाई इटालीका सबै खेलहरु बिना समर्थक खेलाइने छ । इटालीमा कोरोनाभाइरसको संक्रमणका कारण ३६६ जनाको मृत्यु भइसकेको छ भने ७ हजार ३७५ जना यसबाट संक्रमित बनेका छन् ।

युभेन्टसको जीतमा दुवै गोल दोस्रो हाफमा भएको थियो । एरोन रामसेले खेलको ५४ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाए । त्यसपछि रामसेले पाउलो डिबालाका लागि गोलको अवसर सिर्जना गरे । खेलको ६७ औँ मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसको जीत सुनिश्चित गरे ।

यता, क्रिस्टियानो रोनाल्डोले लिगमा १० नोभेम्बरपछि पहिलो पटक गोल गर्नबाट बञ्चित रहे । उनले लगातार ११ खेलमा गोल गरेका थिए । उनले ग्याब्रियल बाटिस्टुटा र फाबियो क्वाग्लियारेलाको कीर्तिमान बराबरी गरेका छन् ।

जीतपछि २६ खेलबाट युभेन्टसको ६३ अंक रहेको छ । दोस्रो स्थानमा लाजियोको ६२ अंक रहेको छ । एक खेल कम खेलेको इन्टर ५४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

आइतबार भएका अन्य खेलमा एसी मिलान जेनोआसँग १–२ गोलले स्तब्ध बन्यो भने फ्लोरेन्टिना र उडिनेसेले गोलरहित बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप