अमेरिकामा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो
संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ भने ३० वटाभन्दा बढी राज्यमा यसको संक्रमण देखिएको छ । पछिल्लो पटक ओरेगन राज्यले आइतबार राज्यमा आपत्कालको घोषणा गरेको छ ।
वासिङ्टनमा थप दुई जनाले ज्यान गुमाएका छन् । दुवै जना सियाटलको केयर सेन्टरसँग सम्बन्धित रहेका छन् ।
गत वर्षको अन्त्यमा चीनको ऊहानबाट सुरु भएको कोरोनाभाइरसबाट अमेरिकामा ५ सय जनाभन्दा बढी संक्रमित भइसकेका छन् । यस भाइरसको संक्रमणबाट विश्वभर ३ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् । आइतबार भर्जिनिया र कनेक्टिकट थपिँदा अमेरिकाका ५० मध्ये आधाभन्दा राज्यमा यस भाइरसको संक्रमण फैलिएको छ ।
नेसनल इन्सिटच्युट अफ हेल्थमा संक्रामक रोग विभागका प्रमुख एन्थोनी फाउसीले अहिले नै चीन र इटालीजस्तो ठूलो संख्यामा क्वारेन्टाइनको आवश्यकता नभएको बताए । तर, त्यसलाई अहिले नै नकार्न नसकिने पनि जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण