‘रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएन’
आसुनसिओन । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गरेका छन् । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छ । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् ।
उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् । वकील क्वीरोजले भने, ‘रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।’
पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उनीप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् । रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आइपुगेका थिए । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए । –एएफपी/Photo: BBC
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण